यी हुन दुई महिला एसपी जसले तराईका संवेदनशिल जिल्लाको नेतृत्व गर्ने अवसर पाए


काठमाडौ– प्रहरी मुख्यालयले मंगलबार सरुवा गरेको सुचीमा दुई जना महिला एसपी पनि परेका छन् । एसपीहरु दुर्गा सिंह चन्द र मीरा चौधरीलाई प्रहरी मुख्यालयले देशका दुई ठुला जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ । मीराले तराईको अति संवेदनसिल धनुषा जिल्लाको नेतृत्व गर्ने अवसर पाईन भने दुर्गाले पश्चिम नेपालको दाङको । दुई जिल्ला अरु जिल्लाको तुलनामा संवेदनसिल मानिन्छन ।

दुवै महिला प्रहरी अधिकृत आफैमा काविल हुन । महानगरीय अपराध महाशाखा रहदा एसपी चौधरीले डन चरीलाई ईन्काउन्टर गरेकी थिईन भने  चापागाउ बस्दा एसपी सिहले आफनै ईन्सपेक्टर लाई जेल हालेकि थिईन । काममा पोख्त दुवै एसपी दुवै जिल्लामा पहिलो पटक महिला कमाण्डरको रुपमा जांदैछन । अवसर पाए काम देखाउने तागत दुवै जनासंग छ । मीरा भलिवलकी उत्कृष्ट खेलाडि पनि हुन । राजधानीको बालाजु वृतको कमाण्ड सम्हाल्दा बेश्यावृतीका विरुद्ध खरो रुपमा उभिएकि उनि मकवानपुर जिल्लाको कमाण्डमा पनि उत्कृष्ट नतिजा देखाएकि थिईन । अहिले केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी )को प्रवक्ताको जिम्मेवारीमा रहेकि चौधरी गुण्डागर्दी नियन्त्रण गर्न धनुषा हानिएकि छिन ।

 

खास गरेर महिला तथा वालवालिकाको क्षेत्रमा उत्कृष्ट पहिचान बनाएकि सिह पनि शान्ति सुरक्षा र गुण्डागर्दी नियन्त्रणमा दख्खल राख्दछिन । महिला तथा वालवालिका सेल कालीमाटी, महिला तथा वालवालिका निर्देशनालय नक्शालमा लामो समय व्यतित गरेकि सिहसंग महानगरिय प्रहरी परिशर हनुमानढोका, परिशर ललितपुर तथा जिल्ला प्रहरी कार्यालय कास्कि पोखरा बसेको पनि अनुभव छ । अनुभवबाट निखारिएकि सिहको कांधमा दाङ जिल्लाको सुरक्षा व्यवस्था आई परेको छ । सधै विशिष्ठ श्रेणीमा पास हुने उनिवाट दाङमा पनि त्यहि परिपाटीलाई निरन्तरता अपेक्षा गरिएको छ ।

चौधरी र सिहका अतिरिक्त महानगरिय प्रहरी परिसर भक्तपुरमा अहिले एसपी किरण राणा तथा जिल्ला प्रहरी कार्यालय म्याग्दीमा डिएसपी वसुन्धरा खड्काले अहिले नेतृत्व गरि रहेका छन । ती जिल्लामा पनि उत्कृष्ट परिणाम आएको उच्च प्रहरी अधिकृतहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement