क्युबाका पूर्व राष्ट्रपति फिडेल कास्त्रोको हत्या गर्न अमेरीकी गूप्तचरले लाखौ डलर खर्च गरेको खुलासा


ऐजेन्सी–अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुर्व राष्ट्रपति जोन एफ केनडीको हत्यासंग जोडिएका २८ सय गोप्य दस्तावेज सार्वजनिक गर्न आदेश दिएका छन् । गोप्य दस्ताबेज सार्वजनिक भएपछि उनको हत्याको यथार्थ कारण खुल्ने अनुमान गरिएको छ ।

 

 

 

केनडीसंग जोडिएका गोप्य दस्ताबेज आइतबार सार्वजनिक भएपछि अर्को एउटा महत्वपूर्ण तथ्य पनि सार्वजनिक भएको छ । क्युबाका क्रान्तिकारी नेता एंवम् पूर्व राष्ट्रपति फिडेल कास्त्रोको अमेरीकाले हत्या गर्न दर्जनौ पटक योजना बनाएको खुलासा भएको छ ।

 

 

 

क्युबा सरकारले अमेरीकी गुप्तचर संस्था सीआईले क्यास्त्रोको हत्याको योजना बनाएको आरोप लगाउदै आएको थियो । केनडीको हत्याको पछाडी क्यास्त्रोको संलग्नताको आरोप पनि लाग्दै आएको छ । बोस्टन कलेजका प्रेसिडेंसी इतिहासका प्रोफेसर पैट्रिक मैनीले क्यास्त्रोको हत्यासंग सीआईको सम्बन्ध रहेको आरोपमा केही न केही सत्यता हुन सक्ने बताए ।

 

 

आइतबार सार्वजनिक भएका दस्तावेजबाट अमेरीकी खुफिया विभाग र फलोरिडाबाट आएका क्यूबाका आप्रवासीको बीचमा बैठक भएको र कास्त्रोको हत्याको योजना बनेको सुचना समेत सार्वजनिक भएको छ । दस्तावेजमा क्यूबाका नेता कास्त्रोसहित धेरै ठुला नेताको हत्या गर्न सीआईले पैसाको प्रस्ताव गरेको सुचना समेत सार्वजनिक भएको छ ।  

 

 

 

कास्त्रोको हत्याको लागी १ लाख डलर, उनका भाई राउल कास्त्रोको हत्या गर्न २० हजार र चे ग्वेराको हत्याको लागी २० हजार डलर दिने प्रस्ताव राखेको खुलासा भएको छ । अमेरीकी राष्ट्रपति जोन केनडीको हत्याबारे फरक फरक धारणा आइरहेको बेला यो अनुसन्धानले निक्र्योल गर्ने अपेक्षा गरिएको छ ।  

 

 

 

अमेरिकी पुर्व राष्ट्रपटि केनडीको हत्यासंग सम्बन्धी गोप्य दस्तावेज सार्वजनिक भएसंगै यसको सत्य तथ्य बाहिर आउने अपेक्षा गरिएको छ । केनेडीको हत्या २२ नोभेम्बर १९६३ मा अमेरीकाको डालासमा भएको थियो ।  टेक्सासका गवर्नर जोन खानोलीको अगाडी केनोडीको हत्या भएको थियो । उनको हत्या लगत्तै पुलिस अधिकृत जेडी टिपिटको पनि हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement