चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले कमायाे दुई दिनमै ३ करोड


काठमाडौं – चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसमा बम्पर व्यापार गरेको छ ।  चलचित्रले पहिलो दिनमा १ करोड ४७ लाख माथिको कलेक्शन गरेको निर्माणपक्षले जनाएको छ ।

निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा शनिबार शुक्रबारको तुलानामा मल्टिप्लेक्समा शो बढेसँगै चलचित्रको व्यापार पनि केही बढ्यो । शनिबार चलचित्रले १ करोड ७५ लाख माथिको व्यापार गरेको छ । योसँगै यो चलचित्रले सिंगल डे व्यापारमा नयाँ रेकर्ड राखेको छ ।

योसँगै चलचित्रले २ दिनमै ३ करोड माथिको व्यापार गरेको छ । रामबाबु गुरुङ निर्दे्शित चलचित्रमा कलाकारहरु दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रले मिश्रित समिक्षा पाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement