पुष्प र रेविकाको प्रेममा साम्राज्ञी भिलेन !


काठमाडौं – चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक भएको छ ।

नवल नेपालद्धारा निर्देशित यो चलचित्रलाई पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेकी हुन् ।

प्रेम, धोका र बदलाले भरिएको चलचित्र ‘मारुनी’को ट्रेलरमा विशेषगरि, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको फरक अवतार देख्न सकिन्छ । सधै नै फरक भूमिकाको खोजीमा रहेकी साम्राज्ञीले यसपटक भने केही फरक भूमिका गरेको आभाष दर्शकले गरेका छन् ।

चलचित्रको ट्रेलरमा नायिका रेविका गुरुङ र नायक पुष्प खड्काको रोमान्स देखिएको छ । तर, पुष्पका लागि साम्राज्ञीको प्रेम पनि ट्रेलरमा देखाइएको छ । रेवीका र पुष्पको प्रेममा साम्राज्ञी भिलेन बनेकी छन् ।

संजय लामाले खिचेको चलचित्रको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । चलचित्रमा राजा प्रधान, दर्शना केसी र मिना क्षेत्री सह–निर्माताको रुपमा छन् । मित्र डी गुरुङको सम्पादन रहेको चलचित्रमा दिपक बज्रचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत छ । भदौ १३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement