नेपालमा रिलिज भएकै दिन विदेशमा रहेकाले पनि नयाँ नेपाली फिल्म हेर्न पाउने


काठमाण्डौं – विदेशमा रहेका नेपालीले पनि स्वदेशमा रिलिज भएकै दिन नेपाली फिल्म हेर्न पाउने भएका छन् ।

नेपाली फिल्म तथा संगीत क्षेत्रको डिजिटल अधिकार खरिद गर्दै आएको कम्पनी ओएसआर डिजिटलले ‘भिडियो पसल’ नामक एप्समार्फत सो सुविधा उपलब्ध गराएको हो ।

एप्समार्फत नेपालमा रिलिज भएकै मितिमा विदेशका दर्शकले पनि शःशुल्क फिल्म हेर्न पाउने व्यवस्था गरिएको छ । पहिले नेपालमा फिल्म रिलिज हुँदा एकसाथ विदेशमा प्रिमियर हुँदा मात्र सिमित समयमा सिमित दर्शकले फिल्म हेर्ने अवस्था थियो । अहिले भने पाइरेसीको कुनै अवसर नहुनेगरी एकपटक पैसा तिरेपछि हप्ताभरि जुनकुनै समयमा पनि फिल्म हेर्न पाउने गरी भिडियो पसलको सुरुवात गरिएको छ ।

एन्ड्रोइड र आएओएस (एप्पल) दुबै कम्पनिको मोबाइलको प्ले स्टोरमार्फत डाउनलोड गर्न सकिने एप्समा १ देखि ३ डलरसम्म मात्रै शुल्क तिर्दा ग्रेड अनुसारका फिल्म हेर्न मिल्नेछ । सुरुवाती चरणमा पछिल्लो क्रममा रिलिज भएका फिल्म ‘क्याप्टेन’, ‘ब्रेकअप’ ‘प्रसाद’ एप्समा उपलब्ध हुने ओएसआर डिजिटलका रुपेन्द्र खड्गीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement