चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक


काठमाडौं – चलचित्र दि कर्माको अफिसियल टिजर सार्वजनिक भएको छ । आउँदो माघ १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दि कर्मा’ को टिजर सार्वजनिक भएको हो ।

फिल्म ‘दि कर्मा’बाट फिल्ममा डेब्यू गरेका नायक करण वर्मा एक्सन प्याक्ड टिजरमा आफ्नो सुगठित शरीर देखाएर एक्सन गर्दै देखिएका छन् ।  नायिकाद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुंगानासँगै अभिनेता बुद्दी तामाङ्गलाई पनि टिजरमा देख्न सकिन्छ ।

फिल्ममा बुद्दीले परमितासँग रोमान्स गरेका छन् । जसको एक झलक टिजरमा पनि देख्न सकिन्छ । जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मको कथा निर्माता जय राज आफैंले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

‘दि कर्मा’ को पटकथा तथा संवाद शुशील पोखरेलले गरेका हुन् । फिल्ममा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement