फाइलनमा चितवन टाइगर्स र एपिएफ भिड्दै


काठमाडौँ – सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको उपाधिका लागि बुधबार चितवन टाइगर्स र सशस्त्र प्रहरीको एपिएफ क्लब प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको संयुक्त आयोजनामा जारी प्रतियोगिताअन्तर्गतको फाइलन खेल बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कबर्ड हलमा हुनेछ ।

यसअघि मङ्गलबार भएको पहिलो सेमिफाइलनमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै चितवन टाइगर्स फाइनलमा पुगेको हो । एपिएफले न्यू डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइलन पुगेको हो ।

आजै हुने पहिलो खेलमा तेस्रो स्थानका लागि नेपाल पुलिस क्लब र न्यू डायमण्ड एकेडेमीबीच खेल हुनेछ । भलिबल खेलको इतिहासमा सर्वाधिक राशि पुरस्कार राखिएको प्रतियोगिताको विजेताले छ लाख, दोस्रो हुनेले रु तीन लाख र तेस्रो हुनेले एक लाख ५० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र ५० हजार प्राप्त गर्ने नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस
Advertisement