नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ उम्मेदवार ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ उम्मेदवार ‘सर्टलिस्ट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि ५ जना उम्मेदवार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणका लागि छनोट भएका छन् ।

अर्थ मन्त्रालय अन्तर्गतको कार्यकारी निर्देशक छनौट तथा सिफारिस समितिले बिहीबार सूचना प्रकाशित गर्दै शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा ५ जना उम्मेदवारलाई सर्टलिस्ट गरिएको जनाएको हो ।

छनोट हुनेमा अर्जुनकुमार गौतम, गोपाल घिमिरे, पर्वतकुमार कार्की, यज्ञप्रकाश न्यौपाने र समता पन्त भट्ट रहेका छन् ।

समितिका अनुसार उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता साउन २५ र २६ गते अर्थ मन्त्रालय सिंहदरबारमा हुनेछ । निर्धारित कार्यतालिकाअनुसार साउन २५ गते बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म ४ जना उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ भने बाँकी १ जना उम्मेदवारको अन्तर्वार्ता साउन २६ गते बिहान ८ बजे सञ्चालन गरिनेछ ।

कार्यकारी निर्देशक नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरिएकोमा प्रारम्भिक मूल्यांकनपछि अन्तिम चरणका लागि ५ जना उम्मेदवार छनोट गरिएको अर्थ मन्त्रालयले जनाएको छ । अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणको मूल्यांकनपछि सिफारिस समितिले उपयुक्त उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ ।