अर्थमन्त्रीको प्रस्ताव : कृषि उत्पादनमा आत्मनिर्भर हैन प्रतिस्प्रर्धी बनाऔं


काठमाडौं-  अर्थमन्त्री युवराज खतिवडाले कृषकको आर्थिक अवस्था सुधार्न कृषि उत्पादनलाई विश्व बजारसंग प्रतिस्प्रर्धा गर्न सक्ने बनाउनुपर्ने बताएका छन् ।

विहिवार काठमाण्डौमा भएको नेपाल कृषि सहकारी केन्द्रीय संघको ११ औ वार्षीक साधारण सभामा बोल्दै मन्त्री खतिवडाले कृषि सहकारीहरुले आयत प्रतिस्थापनमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै अव विश्व बजारसंग प्रतिस्प्रर्धा गर्न सक्ने उत्पादनमा केन्द्रीत हुनुपर्नेमा बताए ।

उनले खुल्ला अर्थनीति अबलम्वन गरेको नेपालले अव कृषि उत्पादन पनि विश्व बजारसंग प्रतिस्प्रर्धा गर्न सक्ने गरी उत्पादन गर्नुपर्नेमा जोड दिए । मन्त्री खतिवडाले अव नेपालको कृषि सामग्रीको प्रशोधन, प्याकेजिङ र बजारीकरणमा सरकारले सहयोग गर्ने आश्वासन समेत दिए ।

एक फरक प्रसंगमा अर्थ मन्त्री डा. युवराज खतिवडाले आगामी पाँच वर्ष भित्र देशलाई गरिबी उन्मुलन देश बनाउने बताए । यसका लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै गरिबी उत्मुलनमा कृषि क्षेत्रले गर्ने कामको योजना ल्याउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement