पोखरा भ्रमण वर्ष उद्घाटन गर्दा बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा भ्रमण वर्ष उद्घाटन गर्दा बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन गर्ने क्रममा बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते भएका छन् । पोखरा भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुन उडाउने क्रममा बेलुन पड्किएको थियो । अटोमेटिक स्विच थिचेपछि बलेको बत्तिको ज्वाला हाइड्रोजन भरिएको बेलुनमा पुग्दा विस्फोट भएको हो ।

बेलुन पड्किदा मेयर आचार्यको गालामा चोट लागेको छ भने उपप्रधानमन्त्री पौडेलको टाउको र अनुहारका विभिन्न ठाउँमा आगोका झिल्काले पोलेको छ । घटनापछि उपचारका लागि आचार्यलाई फिस्टेल अस्पताल र मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेजमा लगिएको छ ।

कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाका अनुसार मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेजमा उपचारमा पठाइएको छ । मेयर आचार्यको अवस्था भने सामान्य रहेको उनले बताए ।

मन्त्री पौडेल र मेयर आचार्य दुवैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छन् ।

आगोले बेलुन टिपेपछि अर्थमन्त्री पौडेलले तत्काल मञ्चतर्फ दौडिएर कोट र टोपी फुकालेका थिए । उनका सुरक्षाकर्मीले तत्कालै शरीरमा कतै आगोका झिल्का छन् कि भनेर टकटक्याएका थिए । उद्घाटपछि हाइड्रोजन ग्यास भारिएको बेलुन उडाउन मेयर धनराज आचार्यले मन्त्री पौडेललाई अगाडिको रोमा बोलाएका थिए ।

त्यसक्रममा बालिएको बत्तीले बेलुनमा आगो सल्किएको थियो ।

पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा स्विच थिचेर बेलुन उडाउन खोज्दा आगो उठेको थियो । शनिबार पोखरा रंगशालामा भ्रमण वर्षको उद्घाटन समारोह आयोजना गरिएको हो ।

अहिले कार्यक्रम स्थलमा पर्यटन मन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे छन् ।
सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष सुरु गर्दा यो घटना भएको हो ।

अर्थमन्त्रीका सचिवालयले पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी पौडेलको स्वास्थ्यमा केही असर परेको जनाएको छ ।हाइड्रोजन अत्यन्तै प्रज्ज्वलनशील पदार्थ मानिन्छ । निकै हल्का पदार्थ हुने भएकाले बेलुन उडाउन यसको प्रयोग हुन्छ ।