शेयर बजारमा नकारात्मक प्रभाव पर्ने काम नगर्न अर्थमन्त्रीको धितोपत्र बोर्डलाई निर्देशन


काठमाण्डु- अर्थमन्त्री विष्णु पौडेलले पूंजीबजारमा नकारात्मक प्रभाव पर्ने कुनै पनि काम नगर्न र त्यस्ता गतिविधि समेत हुन नदिन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।

बोर्डको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले पूजीबजारलाई नकारात्मक प्रभाव पार्ने कुनै पनि क्रियाकलाप प्रवेश गर्न नपाउन भन्नेतर्फ ध्यान पुग्नुपर्ने बताएका छन् ।

उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले पूंजीबजारप्रतिको आकर्षणलाई आफूहरुले लगानीकर्ताले वर्तमान सरकारप्रति गरेको विश्वासको रुपमा बुझेको उल्लेख गर्दै यसलाई कमजोर नपार्न उनले निर्देशन दिए ।

‘पुंजी बजारमा राम्रो आकर्षण देखिएको छ । लगानीकर्ताको संख्या र लगानीको आकार पनि बढिरहेको छ । यसले सरकारप्रति लगानीकर्ताको विश्वास रहेको समेत बुझिन्छ ।’ अर्थमन्त्री पौडेलले भनेका छन् ।

उनले आगामी दिनमा लगानीकर्ताको हित संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्न समेत बोर्डलाई आग्रह गरे ।

बोर्डको कार्यशैलीमा कमजोरी देखिएको भन्दै मन्त्री पौडेले त्यसलाई सुधार गर्दै सवल र सक्षम नियामकको रुपमा आफुलाई प्रमाणित गर्न मन्त्री पौडेलले निर्देशन दिए ।

पूंजीबजारको आकार र यसप्रतिको विश्वास बढ्दै जांदा मुलुकले अपेक्षा गरेको आर्थिक वृद्धिदरको लक्ष्यमा समेत टेवा पुग्ने मन्त्री पौडेलको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement