फिनल्याण्डलाई बाल, वृद्धहरू बाँच्न सक्ने देश बनाउँछु : साना मारिन


एजेन्सी – फिनल्यान्डमा गठबन्धन सरकारको नेतृत्वमा पुगेकी सान्ना मारिनले फिनल्याण्डलाइ बाल–वृद्ध बाँच्न सक्ने देश बनाउने बताएकी छिन् ।

प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेलगत्तै उनले भनेकी छन, “चार वर्षमा सबैकुरा समाप्त हुनेछैन । अहिले भएभन्दा केही राम्रो हुनेछ । हामीले काम गरिरहेका छौैं । म यस्तो समाज निर्माण गर्न चाहन्छु । जहाँ प्रत्येक बाल, वृद्धहरू मानवीय तरिकाले हुर्कन र बाँच्न सक्नेछन् ।”

प्रधानमन्त्री अन्टी रिन्नेले प्रधानमन्त्री पद छोडेपछि सोसल डेमोक्रेटिक पार्टीबाट यातायात मन्त्री रहेकी ३४ वर्षीया मारिन नेतृत्वमा छनोट भएकी हुन् ।  यसै साता प्रधानमन्त्रीको शपथ लिने मारिने सेन्ट्रल लेफ्ट कोलिसनमा सामेल ५ पार्टीको नेतृत्व गर्दैछिन् । युक्रेनका प्रधानमन्त्री ओलेक्सी हाचारुक ३५ वर्षका छन् न्युजिल्यान्डकी प्रधानमन्त्री जाकिन्दा अर्डेनको उमेर ३९ वर्ष हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement