नेपाली सेनाद्वारा आगलागी नियन्त्रण


ललितपुर – ललितपुर महानगरपालिका वडा नं. १ बखुण्डोलस्थित एक कवाडी संकलन केन्द्रमा लागेको आगो नेपाली सेना, प्रहरी र स्थानीइ्यको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

गत माघ १९ गते लागेको आगो नेपाली सेना, प्रहरी तथा स्थानीयको प्रयासमा समयमा नै नियन्त्रण गरी ठूलो धनमालको क्षति हुनबाट जोगाउन सफल भएको हो ।

ग्याँस सिलिण्डरबाट भएको लिकेजका कारण भएको आगलागी निभाउने क्रममा २ जना सामान्य घाईते भएका छन् भने आगलागीबाट करिब १५ लाख बराबरको धनमालको क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement