आगोले खरानी बनाएको कालिकोटको खाडागाउँ हृदयविदारक फोटो


कालिकोट – पलाता गाँउपालिका–१ खाँडा गाउँमा भीषण आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन्। राति सल्किएको आगोले गाउँका सबै घर ध्वस्त भएको खाडागाउँका बासिन्दा शोकमा छन्। मानवीय क्षति नभए पनि उनीहरूका बस्ने बास ध्वस्त भएका छन् खाद्यान्न नष्ट भएको छ र कतिपयका गोठमा बाँधिएका चौपाया पनि मरेका छन्।

आइतबार राति करिब २ बजे लागेको थियोे। आगो निभाउने क्रममा १३ जना घाइते भएको वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मानबहादुर भण्डारीले जानकारी दिए। घाइतेहरुको आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरी उपचार भइरहेको बताइएको छ। आगलागीमा झण्डै ३ करोड बढीको क्षति भएको अनुमान गरिएको छ।

परम्परागत शैलीका खरले छाएका छाना भएको १७९ घरधुरी रहेको गाँउको तल्लो छेउमा रहेको नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले ८७ घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार स्थानीय र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement