आगोको ज्वालासहित आएको थियो टोर्नाडो

आगोको ज्वालासहित आएको थियो टोर्नाडो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको इतिहासमै पहिलो पटक आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन्। बारा, पर्सा क्षेत्रमा चैत १७ मा आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन्।

टोर्नाडो पत्ता लगाउन मुख्य भूमिका खेलेका विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले नेपालको टोर्नाडोले विश्वकै ध्यान खिँचेको जानकारी बताए। चट्याङसहितको बादलले पारेको असिनाले पनि टोर्नाडोको विकराल रूप देखाएको उनले बताए।

उनका अनुसार एउटा घरको भार १५ पाउण्ड रहँदा टोर्नाडोको क्षमता १३।८ पाउण्डको रहेको थियो। करिब २०० किलोमिटर प्रतिघण्टाको हावाको वेगभित्र ३० किलोमिटर प्रतिघण्टा टोर्नाडोको तीव्र वेग रहेको  छ।

आगोको लप्कासहितको चट्याङ त्यस क्षेत्रमा परेको टोलीका संयोजक वरिष्ठ मौसमविद् डा। अर्चना श्रेष्ठले प्रष्ट्याए। ‘डढेका रुख र प्रत्यक्षदर्शीले आधाघण्टा वरपर घुँ घुँ गर्दै घुम्दा आगो देखेको प्रमाण दिएका छन्,’ उनले भनिन्, ‘त्यो रात आकाशको रङ समेत रातो देखिएको पाइएको छ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।