पांच जना डिएसपीको काज सरुवा : म्याग्दीमा महेन्द्र मरासिनी,भेषराज रिजाल दार्चुलामा


काठमाडौं – प्रहरी प्रधान कार्यालय नक्सालले पांच जना डिएसपीको काज सरुवा गरेको छ ।  प्रहरी प्रधान कार्यालयले पांच जना डिएसपीको काज सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय, रौतहटमा डीएसपी नविन कार्कीलाई पठाइएको छ । कार्की यसअघि कास्की जिल्लास्थित वडा प्रहरी कार्यालय बैदामका प्रमुख थिए ।

यसैगरी महानगरीय प्रहरी वृत दरबारमार्गमा डिएसपी विनोद घिमिरेलाई पठाइएको छ । दरबारमार्गका प्रमुख दानबहादुर मल्ल एसपीमा बढुवा भएपछि पाल्पामा कार्यरत डिएसपी घिमिरेलाई दरबारमार्ग पठाइएको हो ।

त्यस्तै म्याग्दी जिल्लामा महेन्द्र प्रसाद मरासिनी, वडा प्रहरी कार्यालय बैदाममा कोमल बिक्रम शाह र दार्चुला जिल्लामा भेषराज रिजालको काज सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement