काठमाण्डु-अदालतले १५ वैशाखमा तत्कालको लागि प्रदर्शन रोक्न आदेश दिएको फिल्म ‘लालीबजार प्रदर्शनविरुद्ध दायर रिटमा मंगलबार उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । अदालतले वादी र प्रतिवादी दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।
रोशनी नेपाली वादीले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् ।आज मंगलबारको मुद्दामा संचार तथा सूचना प्रविधि मन्त्रालय समेतलाई विपक्षी बनाइएको छ । न्यायाधीशद्धय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
१८ वैशाखदेखि रिलिज तयारीमा रहेको यम थापा निर्देशित फिल्म अदालतको आदेशले रोकिएको थियो




प्रतिक्रिया