‘बम विस्फोट’ भए जसरी फुट्यो डेर्ना बाँध, ४० हजार मान्छे मारिएको आशंका


काठमाण्डु – लिबियाको डेर्ना बाँध फुटेर धेरै जनधनको क्षति भएको छ ।

डर्ना बाँध ‘बम विस्फोट’ भए जसरी फुट्दा एकैक्षणमा सबै स्वाहा भएको छ ।

प्रभावित क्षेत्रका मान्छेहरू हताहती भएका, घरभित्र पानी र हिलो पसेको, घरहरू टुटफुट भएका र मालसामानमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सवा लाख व्यक्तिको बसोबास रहेको डेर्ना शहर बर्बाद भएको छ । शहरमा अब टुटे–भत्केका घर, हिलो र क्षतिग्रस्त मालसामान देख्न सकिन्छ । शहरभरि कहाँनिर कसको शव छ, पत्तो छैन । स्थानीय अधिकारीहरूले शव संकलनको काम थालेका छन् । घटनामा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

DERNA, LIBYA – SEPTEMBER 14: A view of buildings damaged in the flood due to Storm Daniel in Derna, Libya on September 14, 2023. (Photo by Hamza Al Ahmar/Anadolu Agency via Getty Images)

डेर्नामा युगोस्लाभियाको कम्पनीले १९७० मा बाँध बनाएको थियो । पहिलो बाँध ७५ मिटर अग्लो थियो । जसमा १.८० करोड क्युबिक मिटर पानी अटाउँथ्यो । दोस्रो बाँध ४५ मिटर अग्लो थियो, जहाँँ १५ लाख क्युबिक मिटर पानी थियो । हरेक क्युबिक मिटर पानीमा १ टन तौल हुन्छ । दुवै बाँधमा करीब २ करोड टन तौल बराबर पानी थियो । जसको तल थियो डेर्ना शहर ।

डेर्ना बाँध वर्षाैंदेखि खाली थियो । बाँधलाई कसैले पनि मर्मतसम्भार गरेको थिएन । एक्कासि डेनियल तुफानले बाँधमा पानी भर्‍यो र बाँध फुट्यो । त्यसपछि डेर्ना शहर तहसनहस भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement