बाढीपहिरोको वितण्डा : १७ जनाको मृत्यु


काठमाडौं— अवरिल वर्षासँगै मुलुकका विभिन्न ठाउँमा आएको बाढीपहिरोका कारण् १७ जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार बेलुकादेखिको झरीका कारण मुलुकका २० जिल्लामा बाढीपहिरोले क्षति पु¥याएको हो। खोटाङका ३, काठमाडौंमा ३, काभ्रे र भोजपुरमा २—२ जनाको मृत्यु भएको छ। त्यस्तै ओखलढुंगा, पर्सा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ र ललितपुरमा १—१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ७ जना बेपत्ता भएका छन्।

जल तथा मौसम विज्ञान विभागले नदी तथा खोला आसपासका क्षेत्रमा सचेतना अपनाउन पनि आग्रह गरेको छ।

अविरल वर्षाको कारण देशको जनजीवन प्रभावित बनेको छ । मुख्यतः तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेको छ । हालसम्म ३९ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा स्थानीयहरु त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement