बाढी पहिरोले देश भरका ११ सडक अवरुद्ध (सूचीसहित)

बाढी पहिरोले देश भरका ११ सडक अवरुद्ध (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर विभिन्न स्थानमा ११ मुख्य राजमार्गका सडक अवरुद्ध बनेका छन् ।

बाढी पहिरोले पूर्वी नवलपरासी, सिन्धुपाल्चोक, म्याग्दी र डोल्पमा सडक बन्द भएको छ । प्रहरीका अनुसार अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशीमा असार १ र ३ गतेदेखि बन्द भएको सडक अझै खुलेको छैन ।

प्रहरीले धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती मुख्य राजमार्गका सडक अवरुद्ध भएको जानकारी दिएको छ ।

यस्तै पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणीमा पनि सडक अवरुद्ध छ । दुम्कीबास, दाउन्नेलगायतका ठाउँमा सडक हिलो र चिप्लो भएर तथा बेलाबेला डाइभर्सन बगाएर सडक अवरुद्ध भइरहेकाले वैकल्पिक बाटो प्रयोग गर्न नवलपरासी प्रहरीले आग्रह गरेको छ ।

बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको रुप्सेमा पनि सडक बन्द भएको छ । यस्तै भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी छलघाटमा पनि हिजोदेखि सडक पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल तथा मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत चितवनको तुइनखोला र नाम्सी पुलमा सडक एकतर्फी सञ्चालनमा छ ।