देशका अधिकांश नदी र खोलामा बाढीको खतरा, नारायणी नदीले खतराको तह पार गर्‍यो


काठमाण्डु – मनसुन सक्रिय भएसँगै परेको भारी वर्षाका कारण देशका अधिकांश नदी र खोलामा बाढीको खतरा बढेको छ । नारायणी र गण्डकी नदीका विभिन्न ठाउँमा पानीको बहावले खतराको सङ्केत पार गरेको छ ।

पछिल्लो ६ घण्टामा चितवनको भरतपुर, नवलपरासी पुर्वको गैँडाकोट , चितवनको रामपुर र आसपासका क्षेत्रहरूमा भारी वर्षा भएको र थप बर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदीजलाधार लगायत लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भई बहने केहि स–साना नदीमा बहाव उल्लेख्य बढ्ने र सतर्कता आसपास पुग्न सक्ने भएकाले असार ३ गतेसम्म नदीहरुका तटिय क्षेत्रहरुमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज वाग्मतीसहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश तथा प्रदेश नम्बर २ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताए ।

यो लिङ्कमा क्लिक गरेर नदिहरुको अवस्था थाहा पाउन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement