काठमाण्डु – जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नवलपरासी पश्चिमको देउराली नवल, चितवनको शक्तिखोर र पाल्पाको बलड्याङगढी क्षेत्रका खोला तथा नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना देखिएकाले त्यहाँका बासिन्दालाई दिउँसोसम्मै सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाढी महाशाखाले बिहीबार ती स्थानहरूमा बाढी आउन सक्ने चेतावनी जारी गरेको छ ।
‘पछिल्लो १–३ घण्टामा नवलपरासी पश्चिमको देउराली नवल, चितवनको शक्तिखोर र पाल्पाको बलड्याङगढी वर्षा मापनकेन्द्रहरू र आसपास हल्कादेखि मध्यम वर्षा मापन भएको, सो क्षेत्र भई वहने विनय खोलालगायत अन्य ससाना खोलामा आकस्मिक बहाब बढ्न सक्ने, तटीय क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाइराखौँ’, महाशाखाले भनेको छ ।

प्रतिक्रिया