अन्तर्राष्ट्रिय बजारको रोजाइमा चिनियाँ फूलहरू

अन्तर्राष्ट्रिय बजारको रोजाइमा चिनियाँ फूलहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनमा पुष्प व्यवसायले अन्तर्राष्ट्रिय स्तरमै राम्रो प्रभाव जमाउँदै गएको छ ।

दक्षिण पश्चिम चीनको युनान प्रान्तबाट आएका ताजा फूलहरूले अन्तर्राष्ट्रिय मञ्चमा राम्रो प्रभाव जमाएको हो ।

नवीन कृषि प्रविधि र कुशल व्यवस्थापनका कारण पुष्प व्यवसायले राम्रो बजार विस्तार गरेको हो । लिजियाङ शहरको एउटा फूल औद्योगिक पार्क फूल उत्पादनको आकर्षणको केन्द्र बनिरहेको छ । जहाँ गुलाब, लिली र कार्नेसन प्रजातिका फूलहरूको उत्पादन अत्याधिक छ ।

स्मार्ट प्रविधि र कुशल व्यवस्थापनका कारण फूलहरूलाई ५–८ डिग्री सेल्सियसको बीचमा सुषुप्त अवस्थामा भण्डारण गर्ने गरिएको छ, जसका कारण लामो समयसम्म टिकाउ हुने र आकर्षण कायम रहने गरेको छ ।

चीनका उत्पादित फूलहरू हरेक दिन, प्रान्तभरबाट लाखौं डाँठहरू एशियाको सबैभन्दा ठूलो फूल लिलामी केन्द्र कुनमिङको डुनान फूल बजारमा पुर्‍याइन्छ, जहाँ व्यापारीहरूले फूलहरू किनबेच गर्ने गरेका छन् । कुनमिङको केन्द्रबाट फूलहरूको लागि विश्वभरका गन्तव्यहरूमा पठाउने गरिन्छ ।

काजाकिस्तानदेखि जापानसम्म चिनियाँ फूल पुग्ने गरेको छ । युनान प्रान्तभरि २० भन्दा बढी काउन्टीहरूमा ताजा फूल उद्योगहरू छन् । (सीसीटीभीप्लस)