दुबईबाट राइस कुकरमा सुन लुकाएर ल्याउने एक जना पक्राउ


काठमाण्डु – राइस कुकरमा सुन लुकाएर ल्याउने एक जना पक्राउ परेका छन् ।

मंगलबार राति फ्लाई दुबईबाट आएका धनुषाका प्रकाश महरालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेको हो ।

महराले ल्याएको सामानको तौल लिने क्रममा बढी देखाएपछि राइस कुकर खोलेर हेर्दा ९ सय ३४ ग्राम सुन बरामद गरेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement