परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनबाट पहिलो विदेश भ्रमण सुरु गर्ने


काठमाण्डु– परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । चिनियां विदेशमन्त्री वाङ यीको निमन्त्रणामा श्रेष्ठ चैत्र ११ मा बेइजिङ जाने कार्यक्रम तय भएको मन्त्री निकट स्रोतले जानकारी दियो ।

श्रेष्ठले चीन भ्रमणका क्रममा उनका समकक्षी वाङसहित चिनियां उच्च राजनीतिक नेतृत्वसंग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले वेइजिङका साथै छेन्दु र तिब्बतको समेत भ्रमण गर्नेछन् ।

श्रेष्ठ परराष्ट्रमन्त्री भएपछि यो उनको पहिलो चीन भ्रमण हो । एमाले र रास्वपासहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयां सरकार बनेपछि परराष्ट्रमन्त्री श्रेष्ठले चीनबाट पहिलो विदेश भ्रमण गर्न लागेका हुन् ।

यसैगरी बोआओ फोरम फर एसियाको बार्षिक सम्मेलनमा नेपालबाट समेत यो वर्ष प्रतिनिधित्व हुने भएको छ । चीनमा चैत्त १३ देखि सुरु हुने वार्षिक सम्मेलनमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटा सहभागी हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement