इन्डिया फाउन्डेसनको कार्यक्रममा सहभागि हुन परराष्ट्रमन्त्री अष्ट्रेलिया र न्युजिल्याण्ड भ्रमणमा जांदै


काठमाण्डु – परराष्ट्रमन्त्री एनपी साउंद बुधबार अष्ट्रेलिया र न्युजिल्याण्डको भ्रमणमा पर्थ जांदैछन् । साउंदले अष्ट्रेलिया भ्रमणको क्रममा आफ्ना समकक्षी विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्दैछन् ।

अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्त रुपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद र परराष्ट्र मन्त्रालयका अधिकारी त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले स्थिर र दिगो हिन्द महासागरतर्फ भन्ने नाराका साथ हुन लागेको सम्मेलनलाई सम्बोधन समेत गर्ने कार्यक्रम छ । सम्मेलनपछि मन्त्री साउंद न्युजिल्याण्ड भ्रमणमा जानेछन् । जहां उनले विदेशमन्त्री विन्सटन पिटर्ससंग द्धिपक्षिय भेटवार्ता गर्नुका साथै न्युजिल्याण्डमा दोस्रो परराष्ट्रमन्त्रीस्तरीय परामर्श बैठकमा समेत सहभागिता जनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement