काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको अधिकांश पदका नतिजा सार्वजनिक भएको छ।
मंगलबार भएको मतदानपछि वस्तुगत, जिल्ला–नगर र एसोसिएटतर्फका प्रमुख पदहरूको टुंगो लागेको हो।
वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन्।
यस्तै, जिल्ला–नगर उपाध्यक्षतर्फ कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन्। एसोसिएट सदस्यतर्फ १७ सिटका लागि भएको प्रतिस्पर्धामा सचिन ढकाल १३१८ मतसहित पहिलो स्थानमा निर्वाचित भएका छन् ।
यसैगरी ऋषि अग्रवाल, राजेश कुमार अग्रवाल, सुयस प्याकुरेल, सुशील थापा, रामशरण भण्डारी, बाबु काजी कार्की, दिवश न्यौपाने, प्रियराज रेग्मी, ईश्वरबहादुर जीसी, सुरज उप्रेती, कृष्णलाल महर्जन र डा रामशरण थपलियाले पनि कार्यसमितिमा स्थान सुरक्षित गरेका छन्।
जिल्ला–नगर खुला सदस्यतर्फ १५ जना निर्वाचित भएका छन्। अर्जुनकुमार श्रेष्ठ, प्रयास कार्की, लक्ष्मणराज पौडेल र छत्रधर आत्रेयसहित कृष्ण कटुवाल, मोहनप्रसाद श्रेष्ठ, सन्तोष खड्का, दीपक नेपाल, केशवप्रसाद भण्डारी, गोकुल श्रेष्ठ, हरिप्रसाद अर्याल, ताराबहादुर कार्की, शंकर गिरी, उज्ज्वलप्रसाद कसजु र सुदर्शन कार्की विजयी भएका छन्। महिला सदस्यतर्फ गीता अमात्य र हीरा भट्टराई निर्वाचित भएका छन्। वस्तुगत सदस्यतर्फ १३ जना निर्वाचित भएका छन् ।




प्रतिक्रिया