प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्ने प्रयास भएपछि पत्रकार महासंघको आपत्ति

प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्ने प्रयास भएपछि पत्रकार महासंघको आपत्ति


काठमाण्डु – प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले पक्राउ गर्न खोजेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा भनिएको छ ।

बिहीबार साइबर ब्युरोबाट खटिएको प्रहरी टोली बस्नेतलाई पक्राउ गर्न हार्दिक होटलमा पुगेको थियो । बस्नेत होटलमा कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ गर्न खोजेपछि चौतारीका नेताहरूले प्रतिवाद गरेका थिए ।