फोहोर बोकेको गाडी बाटोमै रोकिए (तस्बिरहरू)

फोहोर बोकेको गाडी बाटोमै रोकिए (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- माछापोखरीमा तरकारी व्यापारी र पसललाई हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन भएपछि फोहोर बोकेका गाडीहरू बाटोमै रोकिएका छन् ।

नुवाकोटको ककनी गापा–१ का स्थानीयहरूले सडक बन्द गर्दा फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन् ।

काठमाण्डु उपत्यकाबाट सिसडोल डम्पिङ साइट हिँडेका गाडीहरू तिन पिप्लेमै रोकिएक छन् । तिनपिप्ले क्षेत्रमा अहिले करिब २ दर्जन फोहोरका गाडी बाटोमै रोकिएका छन् । स्थानीयहरूले महानगरपालिकासँगको वार्तामा माग पुरा नभएको भनी बाटो अवरोध गरिएको बताएका छन्।

अहिले तिनपिप्ले–सिसडोल सडक खण्डमा सार्वजनिक, निजी गाडी बाहेक फोहोरका गाडीलाई निषेध गरिएको छ ।