साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनबाट बाहिरियो

साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनबाट बाहिरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारत (गोवा) – साफ च्याम्पियपनसिपमा नेपाल दोस्रोपटक सेमिफाइनलबाट बाहिरिएको छ ।

सन् २०१० देखि सुरु भएको प्रतियोगितामा बुधबार नेपाल बङ्गलादेशसँग पराजित भएको हो ।

यसअघि सन् २०१६ मा भएको साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । 

गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलमा पहिलो अग्रता नेपालले लिएको थियो । नेपालको लागि गीता रानाले खेलको २३औँ मिनेटमा गोल गरिन् । दीपा शाहीले प्रहार गरेको कर्नर किकमा गीताले डि बक्स एरियाबाट गोल गर्न सफल भएकी हुन् ।

नेपालको १/० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको पहिलो हाफको अतिरिक्त समयमा बङ्गलादेशले गोल गर्दै खेल बराबरीमा फर्कायो । बङ्गलादेशको लागि रितु पोर्ना चक्माले गोल गरिन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा बङ्गलादेशकी सागुरिकाले थप १ गोल गर्दै बङ्गलादेशको जीत सुनिश्चित गरिन् ।