लिड्सविरुद्ध आर्सनलको कठिन जित, सिटीसँग अंक छोट्यायो

लिड्सविरुद्ध आर्सनलको कठिन जित, सिटीसँग अंक छोट्यायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा आर्सनलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै लिड्स युनाइटेडलाई कठिन प्रतिस्पर्धासहित हराएको छ। तीन साताको विश्रामपछी प्रिमियर लिगमा फर्कँदा शनिबार साँझ पाएको यो जितले आर्सनलकोउपाधि रक्षा अभियानलाई फेरि लयमा ल्याएको छ।

च्याम्पियनका रूपमा लगातार चार खेल जित्दा आर्सनलले जम्मा एक गोल मात्रै खाएको थियो। तर तीन साताको अन्तर्राष्ट्रिय विश्रामअघि ब्राइटनसँग ३–० ले पराजित भएपछि टोली दबाबमा थियो।

रक्षामा अनुशासित र आक्रमणमा साहसी देखिएको लिड्सले दोस्रो हाफ सुरु भएको १० मिनेटपछि अग्रता लियो। गाब्रिएल गुडमन्डसनको पासमा जेम्स जस्टिनले गोल गरेपछि पाहुना समर्थकहरू खुसीले झुमे। लिड्सले यस मैदानमा सन् २००३ को मेयता लिग जित्न सकेको थिएन।

आर्सनलको खेलमा सिर्जनशीलता र स्थिरता देखिएको थिएन। तर बेन ह्वाइटको पासमा रिकार्डो कालाफियोरीले नजिकैबाट गोल गर्दै टोलीलाई बराबरीमा फर्काए।

त्यसपछि प्रशिक्षक मिकेल आर्टेटाले एकैपटक तीन खेलाडी परिवर्तन गरे। तीमध्ये ७ करोड ५० लाख पाउन्डमा अनुबन्धित ब्रुनो गिमाराएस पनि मैदानमा प्रवेश गरे। त्यससँगै केही तनावपूर्ण बनेको एमिरेट्स रंगशालाको माहोल फेरियो।

आठ मिनेटपछि गिमाराएसले पेनाल्टी क्षेत्रको छेउबाट सटीक प्रहार गर्दै आर्सनललाई अग्रता दिलाए। घरेलु टोलीको उत्कृष्ट र सहज आक्रमणको अन्त्यमा आएको उनको गोलले पुनरागमन पूरा गर्‍यो।

यो जितसँगै आर्सनलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंकअन्तर घटाएको छ। आइतबार लिभरपुलसँग खेल्न एनफिल्ड जाने सिटी गोलअन्तरका आधारमा अझै शीर्ष स्थानमा छ।