राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा, कोको परे टीममा ?


काठमाडौँ— अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ ।

नेपालले आगामी जुन २ मा मलेशियासँग र जुन ६ मा चाइनिज ताईपेसँग खेल्ने प्रतियोगिताका लागि टोली घोषणा गरिएको हो।

नेपाली टोलीमा युवा खेलाडी अभिषेक रिजालले पहिलो पटक स्थान बनाए । छनोट हुने अन्य खेलाडीमा गोलकिपर किरणकुमार लिम्बु, विकेश कुथु र एलेन न्यौपाने छन् ।

डिफेन्डर विराज महर्जन, अनन्त तामाङ, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी र रवि सिलवाल छन् भने मिडफिल्डरमा रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रवि पासवान, सुजल श्रेष्ठ, बिमल राना र विशाल राई छन् । त्यस्तै फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, तेज तामाङ र नवयुग श्रेष्ठ छन् ।

फरर्वाड विमल घर्तीमगर र भरत खवास टोलीमा परेनन् । फिटनेसमा कमजोर भएका कारण विमल टोलीमा अटाएनन् भने भरत चोटका कारण समावेश नभएका हुन् । त्यस्तै मिडफिल्डर हेमन गुरुङ, डिफेन्डर कमल श्रेष्ठ र दिनेश राजवंशी पनि टोलीमा परेनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement