प्रधानसेनापति राष्ट्रिय भलिबलमा आर्मी र गण्डकीको जीत


काठमाडौं— प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले जित हासिल गरेका छन्। लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज भएको प्रतियोगिताको चौथो संस्करणको खेलमा आर्मीले प्रदेश नं १ लाई ३–० तथा गण्डकीले प्रदेश नं ३ लाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

आर्मीले प्रदेश १ लाई २५–२०, २५–१२ र २५–१७ अङ्कले तथा गण्डकीले प्रदेश ३ लाई २६–२४, २५–१४ र २५–१४ अङ्कले पराजित गरेको हो । पहिलो खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई तथा गण्डकीले प्रदेश ५ लाई हराएको हो । आज भएका अन्य खेलमा एपिएफले प्रदेश नं २ लाई २५–१९, २५–१४ र २५–१४ अङ्कले पराजित ग¥यो । नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई २५–१५, २५–२१ र २५–१५ अङ्कले पराजित ग¥यो ।

नेपाली सेनाको आयोजनामा जारी उक्त प्रतियोगिताको विजेताले तीन लाख तथा उप–विजेताले एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ । तेस्रो हुने टोलीले ७५ हजार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement