नेपालको सुरुवाती-११ सार्वजनिक


काठमाण्डु – छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल अन्तर्गत बंगलादेशविरुद्धको खेलका लागि नेपालको सुरुवाती-११ सार्वजनिक भएको छ ।

प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा सुरुवाती-११ को घोषणा गरेका हुन् । सेमिफाइनलमा भारतलाई हराएको टोलीलाई निरन्तरता दिइएको छ।

नेपाल साफ च्याम्पियनसिपमा पाँच पटक फाइनल पुगेको टिम हो भने बंगलादेशको यो दोस्रो फाइनल हो ।यसअघि साविक पाँच पटकको विजेता भारत सेमिफाइनलबाट बाहिरिसकेको छ । युवा र अनुभवी खेलाडीको सम्मिश्रणमा दुबै टोलीले उपाधि जित्ने योजना बनाएका छन् ।

फाइनलसँगै तीन खेलाडीले राष्ट्रिय महिला टिमबाट सन्यास लिँदैछन् । डिफेन्डर पुनमसहित मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राईले सन्यास लिने बताएका छन् । तीन खेलाडी नेपाली सेनाको ‘मिसन’ मा जाँदैछन् । दीपाले सन्यास लिने याे सुनौलो अवसर रहेको बताइन् ।

नेपाली टीम

एन्जिला सुब्बा, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, अनिता बस्नेत, अनिता केसी, सरु लिम्बु,दिपा शाही, प्रिती राई, रश्मी कुमारी घिसिङ

प्रतिक्रिया दिनुहोस
Advertisement