महिला विश्वकपः फ्रान्स र स्विडेन विजयी


काठमाण्डु- फिफा महिला विश्वकप फुटबल अन्र्तगत आज भएको खेलमा फ्रान्स र स्विडेन विजयी भएका छन् । अस्ट्रेलियामा भएको खेलमा फ्रान्सले ब्राजिलमाथि जित निकाल्दै नकआउट चरणमा प्रवेशको सम्भावना कायम राखेको छ ।

समूह ‘एफ’ मा रहेको फ्रान्सले ब्राजिलमाथि २-१ गोल अन्तरको जित दर्ता गरेको हो । फ्रान्सका लागि एगुनी ले सोमर र कप्तान वेन्डी रेनार्डले एक-एक गोल गरिन् । ब्राजिलकी डेबिन्हाले एक गोल फर्काइन् ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको फ्रान्स समूह ‘एफ’को शीर्ष स्थानमा पुगेको छ । ब्राजिल भने ३ अंकका साथ दोस्रो स्थानमा झरेको छ । त्यसअघि भएको पहिलो खेलमा इटालीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै स्विडेन एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको छ ।

स्विडेनका लागि अमान्डा इलिस्टेडले दुई गोल गरिन् भने फ्रिडोलिना रोल्फो, एम्मा स्टिना ब्लेकस्टेनियस, रेबेका मारिया ब्लोमक्विस्टले एक/एक गोल गरे । यो जितसँगै समूह ‘जी’ मा रहेका स्विडेनको ६ अङ्क भएको छ भने इटालीको ३ अङ्क मात्रै छ । दक्षिण अफ्रिका र अर्जेन्टिनाको सामान एक/एक अङ्क रहेको छ । समूह ‘जी’ बाट अब ३ मध्ये एक टिम नकआउट चरणमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement