स्पेन पहिलो पटक फिफा महिला विश्वकपको फाइनलमा


काठमाण्डु- स्पेन पहिलो पटक फिफा महिला विश्वकपको फाइनलमा पुगेको छ । आज न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्क मैदानमा स्विडेनलाई २-१ गोलले हराउँदै स्पेन उपाधि नजिक पुगेको हो ।

स्पेनका लागि साल्मा पारालुइलो र ओग्ला कार्मोनाले एक-एक गोल गरिन् भने स्वीडेनका लागि रेबेक्का मारिया ब्लोमभिस्टले एक गोल फर्काइन् । सन् २०१५ बाट महिला विश्वकप खेल्न थालेको स्पेनले तेस्रो सहभागितामै फाइनलमा स्थान बनउँदै ऐतिहासिक सफलता हात पारेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा स्पेनले स्वीडेनलाई २-१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । सन् २०१५ बाट विश्वकप खेल्न थालेको स्पेनले तेस्रो सहभागितामै फाइनलमा स्थान बनउँदै ऐतिहासिक सफलता हात पारेको हो ।

यसअघि स्पेन सन् २०१५ मा समुह चरणबाटै बाहिरिएको थियो भने सन् २०१९ मा अन्तिम १६ सम्म पुगेको थियो । अब स्पेनले फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

दोस्रो सेमिफाइनलमा भोलि सह आयोजक अष्ट्रेलिया र इंग्ल्याण्डबिच हुनेछ । सो खेल सिड्नीको रंगशालामा नेपाली समय अनुसार पौने दुई बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement