यू–१६ साफ च्याम्पियनशिप : एन्फाले गर्‍यो नेपाली टोली सार्वजनिक


काठमाण्डु – अखिल नेपाल फूटबल संघ (एन्फा) ले यू–१६ साफ च्याम्पियनशिप खेल्ने टोली सार्वजनिक गरेको छ । भुटानमा सेप्टेम्बर १–१० सम्म आयोजना हुने यू–१६ साफ प्रतियोगिताका लागि प्रमुख प्रशिक्षक रविन्द्र शिलाकारले सोमवार अन्तिम टोली घोषणा गरेका छन् ।

प्रतियोगिता २ समूहमा विभाजन गरेर हुनेछ । समूह ‘ए’मा नेपाल, भारत र बंगलादेश रहेका छन् भने समूह ‘बी’मा आयोजक भुटान, माल्दिभ्स र पाकिस्तान छन् ।नेपाली टोलीले गोलकिपर विशेष बाँनिया, पेम्बा नोर्बु भोटे र भक्तबहादुर परियार, डिफेन्डर एकराज विश्वकर्मा, किशान थापा, अरविन्द कुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान राज लावत, किशोर कुमार दनुवार र सरन विक, मिडफिल्डर सुजल स्याङ्तान, राम थामी, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी र दिलान लिम्बु तथा फरवार्ड सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेश माझि र दर्शन अधिकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement