भारतसँग हारेपछि यू–१६ साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो नेपाल


काठमाण्डु – साफ यू–१६ च्याम्पियनसिप प्रतियोगितामा भारतसँग १–० ले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

आज बुधबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न खेल भारतले जितेपछि नेपाल बाहिरिएको छ ।

भारतको जीतका लागि मोहम्मद अर्भासले गरेको गोल निर्णायक बन्यो । अर्भासले ३३औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाए ।

यसअघि समूह चरणको पहिलो खेलमा नेपाल बंगलादेशसँग पनि १–० ले पराजित भएको थियो ।

नेपाल विरुद्धको जीतसँगै भारत समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ । भारतले यसअघि समूह चरणको पहिलो खेलमा बंगलादेशलाई १–० ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement