नेपाल बङलादेशसँग पराजित


काठमाण्डु- दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१६ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल बङ्लादेशसँग पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग २-० गोलअन्तरले पराजित भएको हो ।

बङ्गलादेशको जितमा सौरभी प्रीतिले गोल गरिन् । उनले खेलको २५औँ मिनेटमा पहिलो गोल गरिन् । त्यस्तै खेलका ३१औँ मिनेटमा प्रीतिले नै पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरिन् । नेपालकी गोलकिपर झरना डुम्राकोटीले बङ्गलादेशकी खेलाडी अल्पी अख्तेरलाई पेनाल्टी बक्सभित्र लडाएपछि बङ्गलादेशले पेनाल्टीको अवसर पाएको थियो ।

प्रतियोगितामा आयोजक नेपालसहित बङ्गलादेश, भुटान र भारत सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement