‘ए’ डिभिजन लिगमा सन्तोषको कीर्तिमानी १०० गोल


काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर सन्तोष शाहुखलले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा कीर्तिमानी एक सय गोल पूरा गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै सन्तोषले नेपाली फुटबलकै माथिल्लो श्रेणीको लिगमा १०० गोल पूरा गरेका हुन् । यो सिजन च्यासल युथ क्लबबाट लिग खेलिरहेका सन्तोष ‘ए’ डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

सन्तोषले खेलको १७ औं मिनेटमा गोल गर्दै आफ्नो नाममा लोभलाग्दो कीर्तिमान लेखाएका हुन् । लिगको सुरुवाती दुई खेलमा च्यासलका लागि ३ गोल गर्दै सन्तोषले लिगमा व्यक्तिगत गोल संख्या ९९ पुर्‍याएका थिए । यसअघि सन्तोषले संकटा क्लबविरुद्ध २ र मछिन्द्रविरुद्ध १ गोल गरेका थिए ।

सन्तोषको गोलसँगै च्यासलले पुलिसविरुद्ध १–१ गोलको बराबरी गरेको छ । उनले थ्री स्टारबाट ६ सिजन ए डिभिजन लिग खेलेका थिए । थ्री स्टारबाट उनले उनले ५२ गोल गरेका थिए । उनले मनाङ, एपीएफ र च्यासलबाट गोल गरेका छन् । सन्तोषले २०६०(थ्रीस्टार (६ गोल), २०६१–एपीएफ (६ गोल), २०६२ थ्रीस्टार (६ गोल), २०६३ थ्रीस्टार (११ गोल), २०६६–६७ थ्रीस्टार (१९ गोल), २०६८(मनाङ (१६ गोल), २०६९(थ्रीस्टार (१७ गोल), २०७०(थ्री स्टार (९ गोल), २०७५(च्यासल (३), २०७६(च्यासल (४ गोल गरी कुल एक सय गोल पुर्याउन सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement