फुटबलर एलेक्स सान्चेजलाई डेढ वर्षको जेल सजाय


काठमाडौं– कर छली गरेको आरोपमा फुटबलर एलेक्स सान्चेजलाई एक वर्षको जेल सजाय सुनाइएको छ ।

स्पेनको एक अदालतले सान्चेजलाई एक वर्ष ६ महिनाको जेल सजाय तोकेको छ । उनीमाथी ९ लाख पाण्ड कर छलेको अरोप लागेको थियो ।

फुटबलर सान्चेज आर्सनल, म्यानचेस्टर युनाइटेड र बार्सिलोनाजस्ता क्लवबाट फुटवल खेलिसकेका चर्चित खेलाडी हुन् । उनको हप्ताको ६ लाख पाउण्ड आम्दानी रहेको छ ।

यसअघि लियोनल मेसी र रोनाल्डोमाथी समेत कर छलेको आरोप लागेको थियो । विकसित देशमा कर छलीलाई ठुलो मुद्दा मान्ने गरिन्छ ।

अदालतले डेढ वर्षको सजाय तोकेपनि उनले जेल भने बस्नुपर्ने छैन् । किनभने स्पेनको कानुनअनुसार दुई बर्षभन्दा कम सजाय भयो भने जेल बस्नु पर्दैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement