मेसीले अर्को महिना सन्यासको घोषणा गर्दै

मेसीले अर्को महिना सन्यासको घोषणा गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं -अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान लियोनल मेसी अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रुस विश्वकपको प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि मेसीले सन्न्यास लिने सोच बनाएका थिए। सन्यासलाई गोप्य नै राख्न चाहेका मेसीले अर्को महिना खेलिने अर्जेन्टिना र ग्वाटेमालाबीचको खेलपछि सन्यास लिने सोच बनाएको समाचार अर्जेन्टिनी टोलीका अन्तरिम प्रशिक्षक लियोनल स्कालोनीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले प्रकाशित गरेका हुन्।

मेसीले अर्जेन्टिनी फुटबल महासंघसँग छलफल गरेपछि मात्र सन्न्यासको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने समाचारमा उल्लेख छ।
यसअघि सन् २०१६ को कोपा अमेरिका फुटबलको फाइनलमा अर्जेन्टिनी टोली चिलीसँग पराजित भएपछि पनि मेसीले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्न्यासको घोषणा गरेका थिए।

त्यसको केही महिनापछि नै मेसीले समर्थक र देशका राष्ट्रपति माउरिसियो माकरीको आग्रमा सन्न्यास फिर्ता लिएका थिए। ३१ वर्षीय मेसीले यसअघि अप्रत्याशित रूपमा सन्न्यासको घोषणा गरेकोले संघ फेरि झस्किएको छ।

विश्वभरका थुप्रै समर्थकले मेसीले लगाउने १० नम्बरको जर्सी लगाएर सडकमा ओर्लंदै उनलाई सन्न्यास फिर्ता लिन अनुरोध गरेका थिए। स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने मेसीको नामसँग क्लब फुटबलका थुप्रै कीर्तिमान जोडिएका छन्। तर, राष्ट्रका लागि कम्तीमा एउटा ठूलो उपाधि जित्ने मेसीको चाहना भने हालसम्म पूरा हुन सकेको छैन।