मेस्सीले दिए कोरोनाका बिरामीलाई उपचार गर्न एक मिलियन यूरो


एजेन्सी – चर्चित फुटबलर लियोनेल मेस्सीले कोरोना भाइरसका बिरामीको उपचारका लागि एक मिलियन युरो सहयोग गरेका छन् । स्पेनको बार्सिलोनास्थित अस्पताललाई कोरोना भाइरसका बिरामीको उपचारका लागि अर्जेन्टाइन फुटलर खेलाडी मेस्सीले उक्त सहयोग गरेका हुन् ।

अनलाइन गोल डटकमका अनुसार कोरोनाको चपेटमा परेको स्पेनको बार्सिलोनास्थित एउटा पब्लिक अस्पतालका लागि मेसीले उक्त रकम दिएका हुन् । मेसीले उक्त रकम प्रदान गरेको उक्त अस्पतालले आफ्नो फेसबुक र ट्विटर पेजमार्फत जानकारी दिएको छ ।

मेसीसँगै उनी तथा बार्सिलोनाका पूर्वप्रशिक्षक पेप ग्वार्डिओलाले पनि एक मिलियन युरो बराबरको रकम अस्पताललाई स्वास्थ्य सामाग्री खरिदका लागि प्रदान गरेका छन् । त्यसैगरी पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र उनका एजेन्ट जर्ज मेन्डेसले पनि लिस्बन र पोर्टो्स्थित दुई अस्पतालका लागि एक मिलियन युरो प्रदान गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement