फोरम नेपालको बैठक सुरु,वाम गठबन्धनसंग सहकार्यबारे छलफल हुंदै


काठमडौं–संघीय समाजवादी फोरम नेपालको आकिस्मक बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागिताबारे छलफल गर्न अध्यक्ष उपेन्द्र यादवले पार्टीको पदाधिकारी बैठक बोलाएका हुन्

बैठकका लागि काठमाडौंबाहिर रहेका नेताहरूलाई पनि मंगलबार बिहानसम्म काठमाडौं आउन भनिएको थियो ।  वाम गठबन्धनसंग अन्तिम सहमति गर्नुअगाडि पार्टीमा छलफल गर्न अध्यक्ष यादवले पदाधिकारी बैठक बोलाएका हुन । वामगठबन्धन र फोरमबीच लगातार छलफल भएपनि अहिलेसम्म सहमति भने भएको छैन । वामगठबन्धन फोरमलाई सरकारमा सहभागी गराई दुई तिहाईको बलियो सरकार बनाउने प्रयासमा छ ।

संविधान संशोधन, सरकारमा सहभागिता लगायतका विषयमा वाम गठबन्धनसंग भएको वार्ताको ब्रिफिङ र सहमति गर्ने बारे पार्टीको औपचारिक धारण बनाउन अध्यक्ष यादवले बैठक बोलाएको बताइएको छ । फोरमले अहिले तीन उपप्रधानसहित तीन मन्त्रालय मागिरहेको छ । भने वाम गठबन्धनले दुई मन्त्रालय दिन सहमत छ । वाम गठबन्धनसंग अन्तिम सहमति गर्नुअगाडि पार्टीमा छलफल गर्न अध्यक्ष यादवले पदाधिकारी बैठक बोलाएका हुन ।

प्रतिक्रिया दिनुहोस
Advertisement