परराष्ट्रमन्त्री खनाल आज भारत जाँदै

परराष्ट्रमन्त्री खनाल आज भारत जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाँदै छन् ।

भारतीय परराष्ट्रमन्त्री एस जयशंकरको औपचारिक निम्तोमा मन्त्री खनाल नयाँदिल्ली जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी परराष्ट्रमन्त्री खनालले शुक्रबारदेखि आइतबारसम्म भारतको भ्रमण गर्ने जानकारी दिएको हो।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी डा.जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन्।

हाल भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नेतृत्वको टोलीले उच्च महत्त्व पाएका बेला सरकारका परराष्ट्रमन्त्री खनालको भारत भ्रमण तय भएको छ ।

परराष्ट्रमन्त्री खनालको भ्रमणमा द्विपक्षीय हितका सबै विषयमा चेकलिस्ट बनाएर काम गरिने जनाइएको छ ।

यस्तै व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबिचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। भारत भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल जेठ २४ गते आइतबार स्वदेश फर्किने तालिका छ।