लिम्पियाधुरा विवादमा सरकारको कदम सराहणीय : पूर्वराजदूतहरू

लिम्पियाधुरा विवादमा सरकारको कदम सराहणीय : पूर्वराजदूतहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु लिम्पियाधुराबारे सरकारले भारत र चीनलाई पठाएको कूटनीतिक नोटको पूर्वराजदूतहरूले प्रशंसा गरेका छन् ।

चीनका लागि नेपालका सात पूर्वराजदूतहरूले सोमबार संयुक्त वक्तव्य जारी गर्दै लिम्पियाधुरा क्षेत्र नेपालको अभिन्न भू–भाग भएको हुँदा मित्र राष्ट्र चीन र भारत नेपालको सार्वभौमिकता प्रति संवेदनशील हुने विश्वास व्यक्त गरेका छन् ।

उनीहरूले सार्वभौम सीमा रक्षाका लागि अविलम्ब कूटनीतिक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल–चीन दौत्य सम्बन्ध ७० वर्ष पुगेको उपलक्ष्यमा चीनका लागि नेपालका पूर्वराजदूतहरु राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टङ्क कार्की, महेश मास्के, लीलामणि पौडेल, बिष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले संयुक्त वक्तव्य जारी गरेर धारणा सार्वजनिक गरेका हुन् ।

‘नेपाल र चीनको युगौँ पुरानो मैत्री सम्बन्धलाई अहिलेको जटिल भू–राजनैतिक चुनौतीकाबिच कसरी अझ प्रगाढ बनाउन सकिन्छ’, वक्तव्यमा भनिएकाृ छ, ‘नेपालले सधैँ एक चीन नीति दृढतापूर्वक पालना गरेको छ र नेपालको भूमि कुनै पनि मित्रशक्ति विरुद्ध प्रयोग हुन् नदिने नेपाल सरकारले लिँदै आएको अविचलित प्रतिबद्धता सराहणीय छ ।’

पूर्वराजदूतहरूले चीनलाई नेपालको छिमेकी र विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा उल्लेख गर्दै सामाजिक–आर्थिक विकासका क्षेत्रमा दुई देशबीच अझ सशक्त सहकार्य आवश्यक रहेको बताएका छन् । उनीहरूले सरकारी तहसँगै जनस्तरमा पनि सम्बन्ध मजबुत बनाउनुपर्नेमा सहमति जनाएका छन् ।