पूर्व भिआइपीका सहयोगीका रूपमा खटिएका सुरक्षाकर्मी सात दिनभित्र फिर्ता गर्न गृहकाे निर्देशन


काठमाडौँ– गहृमन्त्रालयले पूर्व-भिआइपीका सहयोगीका रूपमा खटिएका सुरक्षाकर्मी सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीबललार्इ  निर्देशन दिएकाे छ । सुरक्षा बाहेकका अन्य प्रयोजनमा खर्टाइएका सुरक्षाकर्मीर्लाइ सातदिन भित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको हाे ।

गृहमन्त्रालयले शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई त्यस्ता सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गरी सोको जानकारी मन्त्रालयलाई दिन भन्दै परिपत्र जारी गरेको छ।

सुरक्षाकर्मीलाई घरमा कामदारको रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई पिएसओको रुपमा राख्ने लगायतका गुनासो आएपछि नेपाल प्रहरीका पूर्व पदाधिकारीको सुरक्षार्थ खटिएका ३१५ जना नेपाल प्रहरीका कर्मचारीलाई समेत फिर्ता ल्याउन गृहले नेपाल प्रहरीलाई परिपत्र पठाएको छ।

बहालवाला अति विशिष्ठ एवम् पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय भए भन्दा बढी संख्यामा खटिएका ४५ जना नेपाल प्रहरीलाई समेत फिर्ता ल्याउन गृहले निर्देशन दिएको छ । गृहले यसअघि दिएको निर्देशनका आधारमा बहालवाला तथा पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय नभईकनै खटिएका ४९ मध्ये ४२ जना नेपाल प्रहरी फिर्ता भईसकेका छन् ।

गत चैत १९ गते गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक गरेका ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ को बुँदा नं ७१मा सुरक्षा बाहेक अन्य प्रयोजनमा खटिएका सुरक्षाकर्मीलाई बैशाख मसान्तभित्र फिर्ता बोलाउने समयसिमा तोकिएकोमा त्यसलाई कार्यान्वयन गर्नका लागि त्यसअघिनै गृहले काम सुरु गरेको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement