काठमाडौं – राष्ट्रिय जनाता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपाल एकता प्रक्रियामा अघि बढेको छ । सुरुमा फोरमले राजपालाई चिठी पठाएर एकता गर्ने प्रस्ताव राखेको फोरम केन्द्रीय सदस्य डा। शिवजी यादवले बताउनु भयो । फोरमले अहिलेसम्म २ वटा चिठी पठाइसकेको छ भने राजपाले पहिलेको चिठीको जवाफमात्र पठाएको डा। यादलको भनाई छ ।
‘पहिलो कुरा एकता हो, एकतापछिमात्र सरकारमा रहने नरहने, भावी एजेन्डा के हुने भन्ने कुरा आउँछ,’ यादवले थप्नुभयो, ‘जे भए पनि एउटा प्रक्रिया सुरु भयो । यो समाचार नेपाल समाचारपत्रमा छ ।
प्रतिक्रिया