राज्यको सुविधा पाउने चार हजार सुरक्षाकर्मी हाकिमका घरका भाँडा माझ्ने र बारी खन्ने काममा

राज्यको सुविधा पाउने चार हजार सुरक्षाकर्मी हाकिमका घरका भाँडा माझ्ने र बारी खन्ने काममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं – राष्ट्र सेवा गर्न भनेर भर्ना भएका करिब चार हजार सुरक्षाकर्मी हाकिम र नेताहरुको घरमा घरेलु कामदार बनाइएका छन्।

राज्यको सुविधा पाउने सुरक्षाकर्मीलाई हाकिम र नेताले आफ्नो सुरक्षा मात्र होइन, घरका भाँडा माझ्नेदेखि बारी खन्नेसम्मका काममा लगाएकाछन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनामा करिब चार हजारको संख्यामा सुरक्षकर्मी घरेलु कामदारको रुपमा खटिएका छन् । कतिपय सुरक्षाको नाममा त केहीलाई सहयोगीकै रुपमा यसरी दुरुपयोग हुँदै आएको छ।

कार्यालय सहयोगी तथा पिपाका नाममा भर्ना भएका कर्मचारी मात्र होइन सिपाही, हवल्दार तथा असइसम्मका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको छ। नेपाली सेनामा एक हजार, सशस्त्र र नेपाल प्रहरीमा १५ १५ सय सुरक्षाकर्मी घरेलु कामदार छन्। राज्यको सुविधा पाउने सुरक्षाकर्मीलाई हाकिमले भाँडा माझ्नेदेखि बारी खन्नेसम्मका काममा लगाएका छन्। याे खबर नयाँ पत्रिका दैनिकमा छ ।