स्वरोजगार लघुवित्तको एफपीओ निष्कासन, कहिले सम्म दिन सकिन्छ आवेदन ?

स्वरोजगार लघुवित्तको एफपीओ निष्कासन, कहिले सम्म दिन सकिन्छ आवेदन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गरेको छ। लघुवित्तले आज फागुन १८ गतेदेखि १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्कासन गरेको हो।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिंग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

सो शेयरका लागि लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्।